स्टान्डर्ड चार्टर्ड बैंकले आँखा हेरचाह परियोजनाका लागि १ करोड रुपैयाँ बढीको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले तिलगंगास्थित आँखा प्रतिष्ठानको आँखा कार्यक्रम र मित्र समाजसँग आँखा हेरचाह परियोजनाका लागि सहकार्य गरेको हो ।
देशका सबै प्रदेशमा अन्धोपन, मोतियाविन्दु रोगीको पहिचान गरी उपचार गर्न सहयोग गर्ने उद्देश्यले परियोजनाका लागि सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार आँखा कार्यक्रमलाई ४७ लाख ९० हजार रुपैयाँ प्रदान गरिएको छ । जुन रकम पर्साको निचुटामा सामुदायिक आाखा केन्द्र स्थापना गरी आसपासका क्षेत्रका जनतामा वृहत आँखा सेवा प्रदान गर्न सहयोग पुग्ने बताइएको छ । ‘खासगरी वृद्धवृद्धा, महिला, बालबालिका तथा अपांगता भएका व्यक्तिमा उपचार केन्द्रित हुनेछ’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, मित्र समाजलाई ६७ लाख २५ हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार यो रकम विशेतः मोतियाविन्दु तथा दृष्टिविहीन हुन सक्ने रोगको पहिचान गर्ने उद्देश्यले प्रदान गरिएको हो ।
तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत रीता गुरुङ भन्छिन्, ‘म तपाईंलाई आश्वस्त पार्न चाहन्छु कि कोषहरू खाँचोमा परेका मानिसहरूको हितमा राम्रोसँग खर्च हुनेछन्।’
त्यस्तै, मित्र समाजका कार्यकारी निर्देशक विवेक सिंह ठकुरीले भने, ‘हामी निकै उत्साहित छौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग साझेदारबाट अन्धो हुने रोगका केसहरू पहिचान गर्न र नि:शुल्क आउटरिच माइक्रो सर्जिकल आई क्लिनिक (OMSEC)को आयोजना गरेर जनताको दृष्टि सुधार्न सहयाेग पुगेकाे छ ।’





























प्रतिक्रिया