जानकी फाइनान्सको साधारणसभा बस्दै

जानकी फाइनान्सको साधारणसभा बस्दै

केन्द्रबिन्दु
0
Shares

जानकी फाइनान्सको आज साधारणसभा बस्दैछ। कम्पनीले २६ औँ सभा बोलाएको हो।यता,फाइनान्सले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ। लाभांश वितरणसम्बन्धी एजेन्डा छैन।

कम्पनीले गत वर्ष भने १५ प्रतिनिधि बोनस सेयर र कर तिर्न ०.७९ प्रतिनिधि लाभांश वितरण गरेको थियो।साधारण सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्दैछ। 

 सभामा कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। यस्तै,आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। 

सभा,मसाला कटेज,तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे सुरु हुनेछ। साधारण सभा प्रयोजनका लागि जानकीले साउन २ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ । १ साउनसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।

Skip This
Skip This
Logo