अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्ष २०२३ः रैथाने बालीको प्रोत्साहनका लागि काठमाडौंमा दुईवर्षे हाट बजार

अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्ष २०२३ः रैथाने बालीको प्रोत्साहनका लागि काठमाडौंमा दुईवर्षे हाट बजार

केन्द्रबिन्दु
0
Shares

रैथाने बालीको संरक्षण र प्रोत्साहन गर्ने उदेश्यका साथ काठमाडौंमा रैथाने कृषि हाट बजार चलिरहेको छ । अन्तर्राष्ट्रिय कोदो जन्य बालीवर्ष २०२३ को सन्दर्भमा नेपाल सरकार एफएओ तथा रैथान कृषि कम्पनीद्वारा आयोजित हाट बजारमा दाल, अचार, मह, सातु, पिठो, हरियो तरकारीलगायतका रैथाने कृषि उपजका विभिन्न खाद्य बस्तु राखिएको छ ।

रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुरु गरिएको बजार आगामी दुइवर्ष सम्म काठमाडौंको दरबार मार्गस्थित ओरियन्ट क्याफेमा प्रत्येक हप्ताको शनिबार विहान ६ बजेदेखि १२ बजेम्म रहने संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओका कार्यक्रम अधिकृत अर्जुनसिंह थापाले जानकारी दिए । उनले अन्तर्राष्ट्रिय कोदो जन्य बालीवर्ष २०२३ को सन्र्दभमा नेपालको सातै प्रदेशमा रैथाने बाली अन्तर्गत कोदोजन्य बालीको उत्पादन वृद्धि,प्रशोधन र बजारीकरणका लागि एक्सन प्लान बनाएरै कार्यक्रम अगाढि बढाउने तयारी भइरहेको बताए। 

शनिबार काठमाडौंमा आयोजित रैथाने कृषि हाट सञ्चालन कार्यक्रममा थापाले एफएओ र सरकारले सात वटै प्रदेशमा कोदोको उत्पादनलाई मध्यनजर गरेर कोदो उत्पादन वृद्धि,बजारीकरण संगै प्रशोधनको योजना समेटेर एक्सन प्लान तयार गरिहेको जानकारी दिए। उनले भने,‘कोदोजन्य बालीको उत्थान,उत्पादनमा वृद्धि कसरी गर्ने, कसरी यो बालीलाई प्रोसेसिङमा लाने र कसरी बजारीकरण गर्ने भन्ने विषयमा एउटा एक्सन प्लान बन्दै छ । यो प्लान आइसकेपछि सरकारले कृषि मन्त्रालयअन्तर्गत सातवटै प्रदेशबाट यसलाई अगाडि बढाउनेछ ।’

एफएओले अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रुपमा २०८९/८० लाई मनाउँदै विविध कार्यक्रम सञ्चालन गर्दै आएको र कोदोको उत्पादन बढाउन विशेष रुपमा बाली परिक्षणको कार्य गरिरहेको उनले जानकारी दिए । ‘अहिले हामीले १ सय २० रोपनी जग्गामा कोदोको विभिन्न बालीहरुको अध्ययन परीक्षण गरिरहेका छौं । कुन जातको बाली कुन ठाउँमा लगाउदा राम्रो हुन्छ भनेर हामीले कोदोको परीक्षण गरिरहेका छौं । अध्ययनपछि जुन राम्रो हुन्छ त्यसलाई कृषकले आफैंले हेरेर आफ्नो खेतबारीमा लगाउन सक्नुहुन्छ । जसकारण कोदोजन्य बालीको उत्पादनलाई बढाउन सकिन्छ र बजारमा पनि ल्याउन सकिन्छ,’ उनले भने । 

अधिकृत थापाले कोदो जस्तै अन्य रैथाने बालीको प्रयोग र उत्पादनमा जोड दिएर रैथाने बालीको प्रवद्र्धनमा उपभोक्ता र कृषक दुबै लाग्नुपर्ने धारणा पनि राखेका छन् । 

Logo