नेपाली बजारमा आज सुनको भाउ ३ सय रूपैयाँले बढेकाे छ। शुक्रबार १ लाख १२ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ९ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख १२ हजार ३ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य ५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५५ रूपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया