साताकाे पहिलाे दिन दाेहाेराे अंकले घट्याे सेयर बजार

साताकाे पहिलाे दिन दाेहाेराे अंकले घट्याे सेयर बजार

केन्द्रबिन्दु
0
Shares

मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी भएपछि सेयर झनै उच्च अंकले घटेको छ । आइतबार नेप्से २६.७३ विन्दुले घटेर २१००.३४ अंकमा आएर अडिएको छ ।

यस्ता विन्दुहरु आम लगानीकर्ताका लागि मनोवैज्ञानिक रुपमा समेत महत्वपूर्ण हुने गर्छन् । 

यसअघि मौद्रिक नीति सार्वजनिक हुने दिन बजार २२२७.१६ विन्दुमा बन्द भएको थियो । त्यसपछि लगातार बजार घटेको हो । यसबीचमा बजार करिब १२७ अंक घटिसकेको देखिन्छ । आइतबार करिब २ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।  

५० लाखसम्मको कर्जामा जोखिमभार १०० प्रतिशतमात्र गरिए पनि लगानीकर्ता खुशी हुन सकेका छैनन् । यस दिन २६६ कम्पनीको ६८ लाख ६० हजार कित्ता सेयर कारोबार भएको छ ।

१४ करोड ७८ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र एभरेष्ट बैंक परेका छन् । 

Skip This
Skip This
Logo