संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले श्रमको मूल्य देशको अर्थतन्त्रको मुहान भएको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित अर्थसरोकार डटकमको सातौँ वार्षिकोत्सवमा मन्त्री मोदीले श्रमले उत्पादन गरेको बस्तु बजारमा या अन्तराष्ट्रिय बजारमा नबचेसम्म नाफा नहुने भन्दै श्रमको मूल्य देशको अर्थतन्त्रको मूल मुहान बनेको बताएका हुन् ।
उनले भने,‘श्रमको मूल्य देशको अर्थतन्त्रको मुहान बनेको छ । श्रमले उत्पादन गर्छ उत्पादन भएको बस्तु बजारमा या अन्तराष्ट्रमा जबसम्म बेच्दैन तबसम्म नाफा हुँदै हुँदैन ।’
अर्थ सरोकारले आर्थिक क्रियाकलापमा भएको अन्यायको उजागर गर्ने सुरुवात गरेको भन्दै मन्त्री मोदीले भने, ‘देशको अहिलेको अर्थ सरोकारले देशको अर्थतन्त्र उद्योगपतिहरुले पनि या व्यापारीहरुले पनि लगानीकर्ताले खराब गर्यो भने पनि उजागर गर्नुहुन्छ । राज्यले अन्याय गर्यो सेयर बजारलाई र व्यापारीलाई भने सरकारको बारेमा समेत जागरुक गराउँने सुरुवात गरेको छ ।’































प्रतिक्रिया