ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा आफ्नो नाफा ४६.४६ प्रतिशतले वृद्धि गरेर ७ अर्ब २५ करोड रुपैयाँ पुगेकाे जनाएकाे हो।
ग्लोबलले २०७९ असार मसान्तसम्ममा जम्मा ४ अर्ब ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। ग्लोबलको वितरण योग्य नाफा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ, जुन नाफाबाट लगानीकर्ताले ८.२७ प्रतिशत लाभांश पाउन सक्छन् ।
ग्लोबलले गत आवमा ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरि १७ अर्ब १८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। बैंकको स्प्रेड दर ४.९६ प्रतिशत छ भने आधार ब्याजदर १०.२० प्रतिशत छ। सीडी रेसियो ८३.४७ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २०.७७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १६४.०५ रुपैयाँ रहेको छ।





























प्रतिक्रिया