स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा र लाभांश क्षमतामा प्रगति

स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा र लाभांश क्षमतामा प्रगति

केन्द्रबिन्दु
0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटडले खुद नाफा तथा लाभांशको क्षमता बढाएको छ। बैंकले आज गत आर्थिक वर्षको चौँथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समिक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ। जसअनुसार बैंकको प्रतिशेयर २८ रुपैयाँ ९९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता २८.९९ प्रतिशत रहेको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकको खुद नाफा ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ रहेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२७ प्रतिशत बढी हाे। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.२१ प्रतिशतले बढेर ५ अर्ब ९५ करोड रुपैयाँँ पुगेको छ। खुद फि तथा कमिसन आम्दानी ४४.७३ प्रतिशतले बढेर १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४८.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५५.७९ प्रतिशत बढेको प्रकाशित विवरणले देखाएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४६ पैसा बढेर ३७ रुपैयाँ ३९ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ९८ पैसा रहेको छ ।

Skip This
Skip This
Logo