गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौँथो त्रैमासससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले १ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको भन्दा १८.१८ प्रतिशतले बढी हो।
असार मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा १ अर्ब ७२ करोड ७ लाख ६२ हजार रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको भन्दा १५.५० प्रतिशतले बढी हो।अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा १ अर्ब ४८ करोड ९८ लाख २४ हजार रुपैयाँ रहेको थियो।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी २३.६४ प्रतिशतले बढेर ३ अर्ब २० करोड ७० लाख ६७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ५९ करोड ३८ लाख ६२ हजार रुपैयाँ रहेको थियो। साथै, यस अवधिमा बैकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५० पैसा रहेको छ ।





























प्रतिक्रिया