शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मुनाफा २१.२९ प्रतिशतले बढ्यो

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मुनाफा २१.२९ प्रतिशतले बढ्यो

केन्द्रबिन्दु
0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको चौँथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा २१.२९ प्रतिशतले बढेर ७८ करोड ६८ लाख २६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६४ करोड ८७ लाख ७ हजार रुपैयाँ रहेको थियो।

चौँथो त्रैमाससम्ममा कम्पनीको संचालन नाफा २८.८४ प्रतिशतले बढेर १ अर्ब १३ करोड ३८ लाख २७ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ८७ करोड ९९ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ अर्ब १० करोड ९९ लाख ८७ हजार रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको भन्दा २६.८७ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ६६ करोड ३० लाख ५४ हजार रुपैयाँ रहेको थियो।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष १ अर्ब ४२ करोड ४६ लाख ५८ हजार रुपैयाँ, वितरण योग्य नाफा बढेर ४८ करोड ६७ लाख ९९ हजार रुपैयाँ र खराब कर्जा १.८१ प्रतिशत रहेको छ ।

Skip This
Skip This
Logo