प्राइम कमर्सियल बैंकको नाफा १८.८० प्रतिशतले घट्यो

प्राइम कमर्सियल बैंकको नाफा १८.८० प्रतिशतले घट्यो

केन्द्रबिन्दु
0
Shares

प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौँथौ त्रैमाससम्ममा मुनाफा १८.८० प्रतिशतले घटेको छ।

अघिल्लो आर्थिक वर्षको चौँथो त्रैमाससम्ममा २ अर्ब ७८ करोड ७३ लाख ३६ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब २६ करोड ३१ लाख ५४ हजार रुपैयाँ कमाएको हो।

असार मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा १३.७८ प्रतिशतले घटेर ३ अर्ब ४० करोड ६७ लाख ३९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ३ अर्ब ९५ करोड १४ लाख ३४ हजार रुपैयाँ रहेको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १७.६६ प्रतिशतले बढेर ७ अर्ब २७ करोड ९७ लाख ४३ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ६ अर्ब १८ करोड ६९ लाख ६५ हजार रुपैयाँ रहेको थियो। यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४५ पैसा रहेको छ ।

Skip This
Skip This
Logo