आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुन्छः कुलमान घिसिङ

आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुन्छः कुलमान घिसिङ

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत प्राधिकरणले आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुने बताएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारले लिएको लक्ष्यअनुसार नेपाल पूर्ण विद्युतीकरण हुने बताएका हुन् । 

यस्तै, प्रतिव्यक्ति विद्युत खपत बढेर २८० युनिट प्रतिव्यक्ति पुगेको छ । यो दुई वर्षअघिसम्म २ २३५ युनिट प्रतिव्यक्ति थियो । यस्तै, विगत २ वर्षमा उद्योगले मागेजति बिजुली दिएको घिसिङले दाबी गरे । यस अवघिमा ८०० एमभीएको विद्युतको लोड स्वीकृत गरिएको उनको भनाइ छ । 

प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्ष बढेको सुख्खायामले विद्युत उत्पादनमा गिरावट आउँदा प्राधिकरणको नाफा घटेको घिसिङले बताए । अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको थियो। घिसिङले ग्राहकलाई नियमित गुणस्तरीय विजुली दिने गरि प्राधिकरणले काम गरिरहेको दाबी गरे।

Logo