एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले चर्चित क्रसओभर एमजी -४ नेपाली बजारमा भित्र्याउने भएको छ । केहीदिनमै नेपालका सोरुममा उपलब्ध हुने बताइएको यस इलेक्ट्रिक क्रसओभरको बुकिङको तयारीसमेत थालिएको छ ।
निकै आकर्षक र स्पोर्टी लुक्स रहेको क्रसओभर एमजी–४ ५१ र ६४ किलोवाट आवर ब्याट्री प्याकमा नेपाली बजारमा उपलब्ध हुनेछ । यी कारको रेन्ज क्रमश: ३५० र ४५२ किलोमिटर दावी गरिएको छ । दुवै भेरिएन्टमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । २५० किलोवाट सम्मको डीसी चार्जर सपोर्ट गर्नसक्ने यसको टर्क २५० एनएम रहेको छ ।
यस इलेक्ट्रिक क्रसओभरमा डुअल–विंग स्पोइलर र फुल–वाइड एलइडी टेल ल्याम्पको साथै एङ्गुलर हेड ल्याम्प र डुअल टोन बम्परको साथमा स्लोपीङ बोनेटले बाहिरी लुक्स दिएको छ । ड्यासवोर्ड स्लिकसहित दुईवटा फ्लोटिङ स्क्रिन उपलब्ध रहेको कारमा वायरलेस चार्जिङ प्याड, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सीट र एडिएसएस फिचर लगायत पाउन सकिने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा उपलब्ध हुँदा ५१ किलोवाटको इलेक्ट्रिक क्रसओभरको मूल्य ४८ लाख र ६४ किलोवाटको ५६ लाख रुपैयाँ निर्धारण हुनसक्ने अनुमान गरिएको छ ।































प्रतिक्रिया