मापदण्डअनुसार खाद्य भण्डारण गर्न सचिव मरासिनीको निर्देशन

मापदण्डअनुसार खाद्य भण्डारण गर्न सचिव मरासिनीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अध्यक्ष मधुकुमार मरासिनीले न्यूनतम खाद्य भण्डारण गर्न कम्पनी असफल भएको बताएका छन् । उनले राष्ट्रिय खाद्य भण्डारणको मापदण्डअनुरुप खाद्य वस्तु भण्डारण गर्न निर्देशन दिए  । 

आइतबार काठमाडौंमा आयोजित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चौथो वार्षिक उत्सव कार्यक्रममा सचिव मरासिनीले कम्पनीले दायित्व पूरा नगरेको तथा आवश्यक न्यूनतम खाद्य वस्तुसमेत भण्डारण गर्न नसकेकोप्रति गुनासो गरे । 

उनले भने, ‘सार्क र राष्ट्रिय खाद्य सुरक्षा भण्डारणमा न्यूनतमतहको खाद्यान्न डिपोजिट हुनुपर्छ,तपाइँहरु त्यसमा फेल भैरहनुभएको छ । खै त्यो न्यूनतम लेवलको खाद्य सुरक्षा ? त्यो राख्नुपर्यो ।’

सचिव मरासिनीले खाद्य सुरक्षा कायम गर्न कम्पनीले वार्षिक लक्ष्य नै तय गरेर न्यूनतम तहमा राखिनुपर्ने खाद्य वस्तुको भण्डारण गर्न आग्रह गरे । 

‘अहिले संसारभरि नै खाद्य सुरक्षा भनेको सबैभन्दा इमर्जिङ इस्यु छ । जि-ट्वान्टीका नेताहरु भन्नुस् वा ठूलो देश । हामीजस्तो गरीब दशलाई एकचोटी विर्सिनुस । ठूलो देशमा पनि अहिले खाद्य सुरक्षा भनेको एकदमै बर्निङ इस्यु छ । र त्यो खाद्य सुरक्षा कायम गर्ने नेपालको हकमात्यो जिम्मेवारी सरकारले यहाँहरुलाई दिएको छ । कम्तिमा यहाँहरुले वार्षिक लक्ष्यको रुपमा तोकिएको खाद्यान्नहरु खरिद गर्नुहोस् । जुन मिनिमम लेवलको खाद्य सुरक्षा भण्डारण गर्नुपर्ने छ त्यो भण्डारण पनि गर्नुहोला’ उनले भने ।  

सरकारले भनेको काम गर्नमा दुविधा नगर्न आग्रह गर्दै मरासिनीले कम्पनीका कर्मचारीले आवश्यक लक्ष्य अनुसारको कामसमेत नगरी भक्ताको गुनासो गर्दै हिँडेको प्रति भने आक्रोश व्यक्त गरे ।

Logo