यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
0
Shares

हरियो तरकारीको मूल्यमा आज घटबढ भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि सार्वजनिक गरेको मूल्यसूचीमा च्याउ,करेला,लौका,भटमास कोशा, सानो गोडभेँडा लगायतका हरियो तरकारीमा हिजोको तुलनामा मूल्य बढेको छ। 

सार्वजनिक मूल्य अनुसार हरियो तरकारीमा सोमबार १० देखि ५० रुपैयाँसम्म घटबढ भएको छ। आज डल्ले च्याउको मूल्य प्रतिकेजी ५० रुपैयाँले बढेर आउँदा भन्टा,घिउ सिमि गाजर लगायतका हरियो तरकारीमा १० रुपैयाँ मूल्य घटेको छ। आज बजारमा तितो करेला,लौका,भटमास कोशा लगायतका तरकारीमा प्रतिकेजी १० रुपैयाँले मूल्य बढेको छ। 

आज बजारमा गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १४० रुपैयाँ तोकिएको छ। लोकल सानो गोलभेँडाको मूल्य हिजोको तुलनामा२२ रुपैयाँले बढेर ८२ रुपैयाँ प्रतिकेजी पुगको छ। सोहि गोडभेँडा हिजो प्रतिकेजी ६० रुपैयाँमा किनबेच भएको थियो।

रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ कायम रहँदा भारतीय सुकेको प्याज प्रतिकेजी ५८ रुपैयाँ रहेको छ। आज स्थानीय काउलिको मूल्य प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ।

त्यस्तै, कन्य च्याउको मूल्य हिजोको तुलनामा आज स्थिर रहेको छ। च्याउ २०० रुपैयाँ प्रतिकेजीमा पाइने छ। तर,डल्ले च्याउमा भने प्रतिकेजी ५० रुपैयाँले बढेर आज ४०० पुगेको छ। 

गाजरको मूल्य प्रतिकेजी १० रुपैयाँले घटेर आएको छ। आज गाजर प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ ।  घिउ सिमी लोकल ८०,भन्टा लाम्चो ५०,मकै बोडी ६०, भटमास कोशा १००रुपैयाँ तोकिएको छ।

तितो करेला ५०, लौका ६०, परवल ६०,घिरौला ३०,फर्सी पाकेको ५०,काँक्रो लोकल ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ। त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० नै रहेको छ।

कागती १२०, अनार प्रतिकेजी ३० रुपैयाँले घटेर आज३२० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। साथै,तरबुजा हरियो ६०, मौसम १२०,कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ। 

Skip This
Skip This
Logo