एकैदिनमा १०१ जनाको बिमा गर्दै कीर्तिमान कायम राख्न सफल बोधदिप तिमल्सिना

एकैदिनमा १०१ जनाको बिमा गर्दै कीर्तिमान कायम राख्न सफल बोधदिप तिमल्सिना

केन्द्रबिन्दु
0
Shares

बाराको निजगढ नगरपालिकाका बोधदिप तिमल्सिनाले एकैदिनमा १०१  बिमालेख जारी गर्दै कीर्तिमानी हासिल गरेका छन्। भदौ १ गते उनले एक दिनमा १०१ बिमालेख जारी गर्दै नयाँ कीर्तिमानी राख्न सफल भएका हुन्। 

सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, हेटौंडा शाखामा आवद्ध चिफ एजेन्सी म्यानेजर रहेका तिमल्सिनाले एकैदिन १०१ जनाको बिमा गरेर सो कीर्तिमान हात परेको उनले जानकारी दिए। नेपालमा एकैदिन यति थेरै मानिसको बिमा भएको यो पहिले रहेको बिमा संचालकहरुको भनाई रहेको छ।

केही बिमा संचालकका अनुसार यो परिणाममा भएको बिमा नेपालमा मात्र नभई विश्वमानै पहिले इतिहास हुन सक्ने अनुमान गरेका छन्। यता तिमल्सिना र उनका टिमले यो सफलतालाई गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराउनका निम्ति पहल सुरु गरेको बताइएको छ।

Skip This
Skip This
Logo