आईपीओ अनुमति पर्खेर बस्ने रियल सेक्टरका कम्पनी धेरै

आईपीओ अनुमति पर्खेर बस्ने रियल सेक्टरका कम्पनी धेरै

केन्द्रबिन्दु
0
Shares

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १२ वटा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पर्खेर बसेका छन्। जसमध्ये ३ वटा कम्पनी हाइड्रोपावर समूहअन्तर्गतका छन्। बाँकी सबै रियल सेक्टरका कम्पनीहरु हुन्।

बोर्डले गत आर्थिक वर्षमा ४२ वटा कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको थियो। जसमध्ये २९ वटा हाइड्रोपावर कम्पनीहरूले अनुमति प्राप्त गरेका थिए। बाँकी इन्स्याेरेन्सदेखि रियल सेक्टरका कम्पनीहरू थिए। गत वर्ष हाइड्रोपावर कम्पनीहरूले लगातार अनुमति पाएका कारण पनि हाल स्वीकृति पर्खेर बस्नेको संख्यामा कमी आएको हो।

स्वीकृति कुरेर बसेका मध्ये प्रायः अन्य समूहअन्तर्गतका कम्पनीहरू छन्। ७ वटा कम्पनी यस क्षेत्रका छन्। २ वटा उत्पादन तथा प्रशोधन समूहका छन्। जसअन्तर्गत सर्वोत्तम र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अनुमति मागेका हुन्। हाल टिभी,औषधि लगायतका कम्पनीहरुले साधारण सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

Skip This
Skip This
Logo