नेकपा एसको १०औं राष्ट्रिय महाधिवेशन माघ १४ गतेदेखि

नेकपा एसको १०औं राष्ट्रिय महाधिवेशन माघ १४ गतेदेखि

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीले आगामी माघ १४ गतेदेखी १८ गतेसम्म पार्टीको १०औं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । 

बिहीबार पार्टीको छैटौं बैठक सम्पन्न गरेसँगै प्रवक्ता जगन्नाथ खतिवडाले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको १०औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनले भने, ‘आगामी माग १४ गतेदेखि १८ गतेसम्म पार्टीको १०औं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय बैठकले गरेको छ।’

त्यस्तै, बैठकले असोजमा एक महिना एकीकृत समाजवादीका मुद्दाहरु राष्ट्रलाई सुनाउने उद्देश्यका साथ मुलुकको रुपान्तरकारी योजना मेची महाकाली राष्ट्रिय योजना संचालन गर्ने पनि निर्णय गरेको उनले बताए । 

साथै पार्टीलाई मूलुकको नेतृत्वकारी कम्यूनिष्ट पार्टी बनाउन देशभरी पार्टीको विस्तार गरी ८३ सालको स्थानीयतहको निर्वाचनमा लड्ने र बहुसंख्यक तालिकाहरुमा बहुमत ल्याउन सक्नेगरी पार्टीको निर्माण गर्ने पनि बैठकले निर्णय गरेको छ । 

बैठकले अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

Skip This
Skip This
Logo