साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ। शुक्रबार १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।
यस्तै तेजाबी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ १५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६५ रूपैयाँमा काराेवार भइरहेकाे छ।
प्रतिक्रिया