मौद्रिक नीति निर्माणको तयारीः राष्ट्र बैंकले गर्‍यो पूर्व गभर्नरहरुसँग छलफल

मौद्रिक नीति निर्माणको तयारीः राष्ट्र बैंकले गर्‍यो पूर्व गभर्नरहरुसँग छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि पूर्वगभर्नरहरूसँग छलफल गरेको छ । राष्ट्र बैंकले यतिबेला आगामी आर्थिक वर्षको मौद्रिक नीति बनाउने तयारी गरिरहेको छ । राष्ट्र बैंकले विभिन्न क्षेत्रसँग सुझाव लिइसकेको छ । सो पश्चात पूर्वगभर्नरहरुसँग आगामी वर्षको मौद्रिक नीति कस्तो बनाउने भनेर छलफल गरेको हो ।

पूर्वगभर्नरहरुले कोरोना भाइरसका कारण सिर्जना भएको असहज परिस्थितीलाई ख्याल गरेर मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएका छन् । त्यस्तै, उनीहरुले बैंक तथा वित्तीय स्थायित्व कायम गर्ने र उद्योग व्यवसायीलाई पनि उत्थान गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाएका हुन् ।

राष्ट्र बैंकले साउनको पहिलो सातासम्म मौद्रिक नीति ल्याउने भएको छ । कोरोनाका कारण उद्योग व्यवसाय, पर्यटन लगायतका विभिन्न क्षेत्र प्रभावित भएकाले ती क्षेत्रलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।

Skip This
Skip This
Logo