शाओमीले रोमाञ्चक अफरहरूका साथ ल्यायो “स्योर-सट सेप्टेम्बर मेला”

शाओमीले रोमाञ्चक अफरहरूका साथ ल्यायो “स्योर-सट सेप्टेम्बर मेला”

केन्द्रबिन्दु
0
Shares

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आजबाट सुरु हुनेगरी “स्योर-सट सेप्टेम्बर मेला” लिएर आएको छ। यस अफरअन्तर्गत ग्राहकहरूले तोकिएका रेडमी स्मार्टफोनहरूको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरू निःशुल्क पाउनेछन्।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “हामी हाम्रा ग्राहकहरूले यस सेप्टेम्बरमा शाओमीको ’स्योर-सट सेप्टेम्बर मेला’ मार्फत प्राविधिक आनन्दको अनुभव गर्नुहोस् भन्ने चाहन्छौं। ग्राहकहरूको निरन्तर सहयोगले उहाँहरुलाई केहि प्रदान गर्न उत्प्रेरित गरेको छ, त्यसैले हामीले यो रोमाञ्चक अफरहरू ल्याएका छौं । हामीलाई विश्वास छ की यी अफरहरूले ग्राहकहरुको खरिदहरूमा मूल्य मात्र थप्ने छैन तर समग्र शाओमी अनुभवलाई निखार्ने छ।”

यो अफरअन्तर्गत रेडमी ए२ र ए२+ को हरेक खरिदमा ग्राहकहरूले रेडमी इयरफोन निःशुल्क पाउनेछन्। त्यसैगरी हरेक रेड्मी १२सि को खरिद गर्ने ग्राहकहरूले निःशुल्क रेड्मी सोनिकबेस ब्लुटुथ इयरफोन प्राप्त गर्नेछन् । दुवै अफरहरू सेप्टेम्बर १  मा सुरु भएर सेप्टेम्बर १५ मा समाप्त हुनेछन्। 

यो अफर रेडमीका नेपालभरका रिटेल आउटलेटहरूमा उपलब्ध छ।  

Logo