अपर तामाकोशी हाइड्रोपावरको सोमबारबाट शतप्रतिशत हकप्रद सेयर खुला हुँदै

अपर तामाकोशी हाइड्रोपावरको सोमबारबाट शतप्रतिशत हकप्रद सेयर खुला हुँदै

केन्द्रबिन्दु
0
Shares

अपर तामाकोशी हाइड्रोपावर कम्पनीले सोमबारदेखि १०० प्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ। कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार अपरले १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ।

 यस हकप्रद सेयरका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन्। असोज ७ गते यस कम्पनीको हकप्रद बिक्री बन्द हुने सूचनामा उल्लेख छ। 

यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन्।यस हकप्रदमा सनराइज क्यापिटल,नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ। 

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। 

अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत रकम संकलन गर्न लागेको हो। लगानीकर्ताले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन्।

Skip This
Skip This
Logo