‘श्रृजनशील उद्यमी मेला’काे आज अन्तिम दिन, यस्ता छन् मेलाका आकर्षण

‘श्रृजनशील उद्यमी मेला’काे आज अन्तिम दिन, यस्ता छन् मेलाका आकर्षण

केन्द्रबिन्दु
0
Shares

‘२०औँ डाबर बाटिका तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०८०’ आज सकिँदैछ । 

महिला श्रृजनशील केन्द्र र राइजिङ नेपालको आयोजनामा शुक्रबार काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा सुरु भएको उद्यमी मेला आज सकिन लागेको हो । श्रृजनशील महिलाको एउटै नारा, उद्यम गरौँ, बनौँ आत्मनिर्भर भन्ने नाराका साथ सुरु भएको मेला आज बेलुकीसम्म चल्ने छ । 

८० भन्दा बढी स्टल रहेको मेलाको दश हजार बढीले अवलोकन गर्ने आयोजकको विश्वास रहेको छ । 

मेलामा विशेषगरी घरेलु तथा हस्तकलाका सामाग्री, तीज विशेष खानाका परिकारहरु, लत्ताकपडा, श्रृङ्गारका सामग्रीका साथै मौलिकता झल्कने नेपाली उत्पादनहरु राखिएको छ । महिलाहरूले उत्पादनका वस्तुहरूको सहज रुपमा बजारीकरण गर्न र महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न उदेश्यले मेलाको आयोजना गरिएको आयोजकको भनाइ छ । 

Logo