मारुती सुजुकीले ल्यायो दशैं-तिहार अफर, एसयूभी खरिदमा १ लाखसम्म नगद छुट

मारुती सुजुकीले ल्यायो दशैं-तिहार अफर, एसयूभी खरिदमा १ लाखसम्म नगद छुट

केन्द्रबिन्दु
0
Shares

मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले नेपालीहरुको महान् चाड दशैं तिहारलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ । 

‘मनाऔं यो दशैंतिहार सुजुकी एसयुभीको साथ’नामक यस अफरअन्तर्गत ग्राहकले मारुती सुजुकीका गाडी तथा एसयूभी खरिद गर्दा १ लाखसम्मको नगद छुट र १ लाखसम्मकै एक्सचेन्ज वोनस पाउनेछन् । साथै ग्राहकले १ वर्षको निःशुल्क इन्स्योरेन्स समेत प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार छुट्टाछुट्टै मोडलमा छुट्टाछुट्टै अफर हुनेछ ।

आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ अघि ल्याइएको यो अफर प्यासेन्जर कार बिक्रेता कम्पनीले ल्याएको पहिलो स्किम हो । 

छ दिनसम्म सञ्चालन हुने अटो शोमा मारुती सुजुकीले हालसालै नेपाली बजारमा भित्र्याएकाे ४ वटा नयाँ एसयूभी सो ब्रान्डको स्टलमा सजिनेछन् । कम्पनीले केही समयको अन्तरालमा ल्याएर बिक्री थालेको ग्रान्ड भिटारा, नयाँ ब्रेजा, फ्रोङक्स र जिम्नी अफरोड एसयूभी दर्शकको आकर्षणमा पर्नेछन् ।

Logo