मन्त्री किराती भन्छन्- पद र पैसाको पछि लागेर नेपालीले दुःख पाए

मन्त्री किराती भन्छन्- पद र पैसाको पछि लागेर नेपालीले दुःख पाए


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पद, पैसाको पछि लागेपछि नेपालीले दुःख पाएको टिप्पणी गरेका छन् । 

काठमाडौंमा खेमराज गुरुङ ट्रस्टद्वारा आयोजित विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री किरातीले नेपाली राजनीति जरामा नलागी फूल र सुगन्धको पछि लागेको टिप्पणी गरे । 

‘राजनीतिमा पनि हाम्रो जरातिर ध्यान दिने होकी, हामी जरामा लाग्दाँ राणा शासन र पञ्चायत पनि हटाउँन सफल भयौँ तर जब हामी फूल र सुगन्धमा लाग्यौं पद, पैसाको पछि लाग्छौँ नि त्यसपछि दुःख सुरु भयो । हामी आफ्नो माटोमा फर्किन सक्यौ भने मात्रै विकास हुनसक्छ ।’ उनले भने । 

मन्त्री किरातीले सबै श्रष्टाको योगदानका लागि आवश्यक पहल गर्ने बताए । श्रष्टाको उचित सम्मान भएमात्रै राष्ट्रको सम्मान हुने उनको भनाई छ । 

Logo