हाथवे इन्भेष्टमेन्टको आइपीओमा आजबाट आवेदन दिन सकिने

हाथवे इन्भेष्टमेन्टको आइपीओमा आजबाट आवेदन दिन सकिने

केन्द्रबिन्दु
0
Shares

हाथवे इन्भेष्टमेन्ट नेपालको आजदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो। 

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो। जसमध्ये २% अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। 

यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ। बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयमा सबै सेयर बिक्री नभएमा भने असोज ४ गतेसम्म पनि आवेदन खुला रहनेछ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। 

Logo