उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल महिला उद्यमीहरुको विकास तथा प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित महिला उद्यमी महासंघ नेपालको २० वार्षिक साधारण सभा तथा ९ औँ महाअधिवेसन लाई सम्बोधन गर्दै उनले महिला उद्यमीहरुको विकास तथा प्रवर्द्धनका लागि नीतिगत सुधार र अन्तराष्ट्रिय बजारीकरणसँग पहुँच स्थापना गर्ने विषयमा मन्त्रालय सदैव सकारात्मक रहेको बताएका हुन्।
उनले भने,‘नेपाल महिला उद्यमीहरुको विकास तथा प्रवर्द्धनका लागि नीतिगत सुधार,दक्षता अभिवृद्धि ,स्वदेशी वस्तुहरुको प्रवर्द्धन ,व्यवसायीक वातावरण निर्माण,बजारीकरण र अन्तराष्ट्रिय बजारीकरणसँग पहुँच स्थापना गर्ने विषयमा मन्त्रालय सदैव सकारात्मक छ।’
उनले मूलुकको आर्थिक विकासमा महिला उद्यमीहरुको महत्वपूर्ण योगदान रहेको टिप्पणी गरे। महिला उद्यमीद्धारा सञ्चालित उद्योगहरुको विकास र विस्तारले आर्थिक विकास तथा रोजगारीका अवसर सृजना गरि मूलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन मदत गरेको उनको भनाई छ।
उनले भने,‘मूलुकको आर्थिक विकासमा महिला उद्यमीहरुको महत्वपूर्ण योगदान रहेको छ। महिला उद्यमीद्धारा सञ्चालित उद्योगहरुको विकास प्रवर्द्धन विस्तारले स्थानिय स्थरदेखी नै आर्थिक विकास तथा रोजगारीका अवसर सृजना गरि मूलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन मदत गरेको छ।’
उनले आत्मानिर्भर अर्थतन्त्र निर्माणको लागि सरकार र नीजि क्षेत्रबीच समन्वय एवं सहकार्य जरुरी रहेको बताए। कार्यक्रममा उद्यमी महासंघका नवनिर्वाचित अध्यक्ष शोभा ज्ञवालीले, महीला उद्यमीको हितको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाइन्। सरकारले महीला उद्यमीको हितको लागि आवश्यक सहयोग गर्न पर्ने उनको भनाई छ।































प्रतिक्रिया