नाडा अटो शोबाट २० अर्ब हाराहारी कारोवार हुने हाम्रो अनुमान छः महासचिव उप्रेती

नाडा अटो शोबाट २० अर्ब हाराहारी कारोवार हुने हाम्रो अनुमान छः महासचिव उप्रेती

केन्द्रबिन्दु
0
Shares

नाडा अटो शो-२०२३ मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएकाे छ । तीन वर्षपछि आयोजना हुन लागेको शोमा यसपटक नयाँ ब्रान्ड र मोडलका सवारीसाधन प्रमुख आकर्षण बन्ने नाडाले जनाएकाे छ। यसै सन्दर्भमा मेलाको तयारी कस्ताे छ ? सवारी बजार र कम्पोनेन्ट्सको बजार अवस्थाका बारेमा के-कस्ताे भइरहेकाे छ ? लगायत विषयमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीसँग गरेकाे कुराकानी-

नाडाले अटो शो-२०२३ बाट कस्तो आशा,अपेक्षा राखेको छ?

-नाडाले विगत तीन वर्षदेखि अटो शो आयोजना गर्न सकेकाे छैन।अहिले पनि अर्थतन्त्र ठिक ठाउँमा नभएका कारण बजार सुस्त नै छ। सवारीसाधन र सम्पूर्ण अटोमोवाइल क्षेत्रको कारोवार प्रभावित छ।

मूल्यसूचीलाई कार्यन्वयन गरिनु आजको विश्व परिवेशमा कुनै पनि कोणबाट उचित मान्न सकिँदैन।तर नेपालमा भने यहि विषयलाई लिएर व्यावसायीमाथी धरपकड गर्ने काम भइरहेको छ।

मेलामा सहभागी कम्पनीले देखाएको उत्साह, बैंक तथा वित्तिय संस्थाले देखाएको सक्रियता र उपभोक्तामा आएको जागरुकताले राम्रै कारोवार हुने अपेक्षा राखेका छौँ। अटो शोबाट अनुमानित २० अर्ब हाराहारी कारोवार हुने हाम्रो अनुमान छ।

अटो शोलाई भब्य बनाउन नाडाले के कस्ताे तयारी गरेकाे छ?

-हामीले आफ्नो तर्फबाट हुनसक्ने सबै तयारी गरेका  छौँ। तीन वर्षपछि अयोजना हुन लागेका कारण दर्शकमा पनि एक प्रकारको कौतुहलता देखिएकाे  भन्ने  नाडालाई लागेकाे छ। यसपटक के-कस्ता नयाँ सवारीसाधन र उत्पादनलाई अवलोकन गर्न पाइएला भन्ने चासो हुनसक्छ।

अटो शोबाट अनुमानित २० अर्ब हाराहारी कारोवार हुने हाम्रो अनुमान छ।

यी सबै विषयलाई मध्यनजर गर्दै हामीले मेला स्थाललाई व्यवस्थित पार्न पार्किङको विशेष व्यवस्था गरेका छौँ। यसपटक अटो शोलाई मध्यनजर गरेर विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन भित्राएका छन्। ती सवारीसाधनमा बिक्रेता कम्पनीले आकर्षक अफर समेत दिने हुँदा ग्राहकलाई पनि फाइदा पुग्ने देखिन्छ।

स्पेयर पार्ट्स व्यावसायको अवस्था कस्तो छ ?

-अहिले अर्थतन्त्र नै नाजुक बनेको अवस्था छ। यस्तो अवस्थामा स्पेयर पार्ट्स व्यावसाय राम्रो हुने कुरै छैन। हामी व्यावसायी एकातर्फ कारोवार कम भएर समस्यामा छौँ भने अर्कोतर्फ सरकारी निती र नियमका कारण हैरान बनेका छौँ। हामीले विगतदेखी उठाउँदै आएको भन्सार सन्दर्भ मूल्यसूची खारेज गरिनुपर्छ भन्ने मागको कुनै सुनुवाइ भएको छैन। 

मूल्यसूचीको विषयमा निकै लामो समयदेखी आवाज उठाइरहनु भएको छ। सरकारी निकायले यस विषयमा खासै चासो दिएको पाइँदैन। यस्तो किन भइरहेको छ?

-आजको दिनमा विश्वको कुनैपनि राष्ट्रमा सन्दर्भ मूल्यसूची लागु भएको हामीले पाएका छैनौँ। तर नेपालमा भने यसलाई झन् कडाईका साथ लागु गरिएको छ। मूल्यसूची परिमार्जन गर्दा व्यावसायीसँग सरसल्लाह नै नगरी मनपरी तवरले बृद्धि भइरहेको छ। मूल्यसूचीलाई कार्यन्वयन गरिनु आजको विश्व परिवेशमा कुनै पनि कोणबाट उचित मान्न सकिँदैन। तर, नेपालमा भने यहि विषयलाई लिएर व्यावसायीमाथी धरपकड गर्ने काम भइरहेको छ।

सवारीसाधनको एसेम्वल शुरु भएसंगै यससंग जोडिएर आउने कम्पोनेन्टको पनि प्लान्ट लाग्ने क्रम बढिरहेको छ। नेपालमा यस्ता उद्योगको भविष्य कस्तो देख्नुहुन्छ?

-स्वदेशमा एसेम्वल उद्योग खुल्नु आफैंमा राम्रो कुरा हो। अहिले केही टु ह्विलर ब्रान्डले स्वदेशमै एसेम्वल उद्योगमार्फत मोटरसाइकल र स्कुटर उत्पादन थालिसकेका छन्। सोही क्रममा फोर ह्विलरको पनि प्लान्ट आउने क्रममा रहेको बुझ्नमा आएको छ।

यसपटक अटो शोलाई मध्यनजर गरेर विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन भित्राएका छन्।

यस्ता उद्योग संचालनमा आएपछि विभिन्न कम्पोनेन्टको उद्योगमा पनि खुल्छन्। अहिले नेपालमा ब्याट्री, टायर, हेल्मेट, लुब्रिकेन्ट्स र एसेसोरिज जस्ता उत्पादनको उद्योग खुलिरहेका छन्। यसले देशमा रोजगारीको सिर्जना गर्नुको साथै औद्योगिकरणमा टेवा पुर्याएकाे छ।

Skip This
Skip This
Logo