नाडा अटो शोमा बैंकहरुबीच ब्याजदरमा प्रतिस्पर्धा, कुन बैंकको कति प्रतिशत कर्जा ?

नाडा अटो शोमा बैंकहरुबीच ब्याजदरमा प्रतिस्पर्धा, कुन बैंकको कति प्रतिशत कर्जा ?

केन्द्रबिन्दु
0
Shares

मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२३’ सुरु भएको छ। यति बेला बैंकहरूले नाडा अटो शो लक्षित गरेर विभिन्न कर्जा योजनाहरू ल्याएका छन्। 

पछिल्लो समय सुस्त रहेको कर्जा लगानी बढाउनका लागि बैंकहरूले धमाधम अटो कर्जा योजना ल्याएका हुन्। विभिन्न ब्रान्डका गाडी बिक्रेतासँगको सहकार्यमा बैंकहरूले आ-आफ्नै ब्याजदर निर्धारण गरी नयाँ नयाँ योजना सार्वजनिक गरेका  छन्। 

नाडा अटो शोमा हालसम्म विभिन्न आठ वटा वाणिज्य बैङ्कहरूले अटो कर्जाको स्किम ल्याएका छन्। हालसम्म नबिल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज, महालक्ष्मी विकास बैंक र कामना सेवा विकास बैंकले अटो कर्जा दिने भएका हुन्।

बैंक तथा वित्तीय संस्थाहरूले नै अटो व्यवसायलाई चलायमान बनाउन मुख्य भूमिका रहने भएकाले यसका लागि नाडा र बैंकरबीच सहकार्य भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए। 

भदौ ३१ गतेसम्म सञ्चालन हुने नाडा अटो शोमा १२० वटा स्टल तथा ब्लकहरू छन्। उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुजाका साथै राष्ट्रिय ब्रान्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका छन्।  शोमा बढी आकर्षण विद्युतीय सवारीमा देखिन्छ। विद्युतीय गाडी नै बैंकहरूले कर्जा लगानी बढाउन खोजेको पाइन्छ। 

कुन बैंकले कति ब्याजमा दिन्छन् अटो लोन ?

नबिल बैङ्कले नाडा अटो शो लक्षित कर्जा योजना अघि सारेका छ। बैङ्कले स्थिर ब्याजदरमा विभिन्न अवधिका लागि लोन प्रदान गर्ने जनाएको छ। बैङ्कले ईभीको खरिदमा ५ र ७ वर्ष अवधिका लागि  स्थिर ब्याजदरको कर्जा सुविधा प्रदान गर्ने भएको छ। 

पाँच वर्ष अवधिमा १०.४९ प्रतिशत र ७ वर्षका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको हो।  तर, डिजेल तथा आईसी इन्जिनका सवारीमा भने ५० प्रतिशत डाउन पेमेन्ट आवश्यक हुने बैंकले जनाएको छ। त्यस्ता प्रकारका गाडीमा ५० प्रतिशत डाउन पेमेन्टमा मात्रै फाइनान्सिङ सुविधा प्रदान गरिने बैंकले जनाएको छ । 

निजी तथा कमर्शियल विद्युतीय सवारीमा ग्लोबल आईएमई बैंकको जोड

ग्लोबल आईएमई बैंकले अटो कर्जाका लागि विभिन्न योजना ल्याएको छ। बैंकले विद्युतीय निजी तथा कमर्शियल सवारी खरिदमा छुट्टा छुट्टै अफर अघि सारेको हो। 

नाडा अटो शोमा ग्लोबलले निजी विद्युतीय सवारी खरिदमा १०.४९ प्रतिशत ब्याजदर फाइनान्सिङ सुविधा दिने जनाएको छ । तर, ०.५० प्रतिशत सेवा शुल्कमा फाइनान्सिङ गरिने बैङ्कले भनाई छ । यता, कमर्शियल विद्युतीय सवारीमा खरिदमा भने ११.४९ प्रतिशत ब्याजदरमा ०.५० प्रतिशत सेवा शुल्कमा कर्जा सुविधा रहेको बैंकले जनाएको छ । 

प्रभु बैंक पनि विद्युतीय सवारीमै केन्द्रित 

प्रभु बैंकले पनि अटो कर्जा लगानी बढाउन जोड दिएको छ । तर, बैंकले विद्युतीय सवारी केन्द्रित देखिन्छ। बैंकले विद्युतीय सवारी खरिदमा प्रिमियममा २ प्रतिशत थपिने जनाएको छ। 

बैंकले हाल कायम आधार दरमा २ प्रतिशत प्रिमियममा कर्जा लगानी गर्ने भएको हो। तर, नाडा अटो शो अवधिभर भने १ प्रतिशत मात्रै प्रिमियममा कर्जा दिने बैङ्कले जनाएको छ । उक्त कर्जाको अवधि भने ५ वर्षको हुने बैङ्कले जनाएको छ । अटो शोमार्फत सवारी बुकिङ गरेर एक महिनाभित्र बैङ्कमा फाइनान्सिङमा जाँदा पनि सुविधा पाइने बैङ्कले जनाएको छ ।

सस्तो ब्याजदरमा फाइनान्सिङ सुविधा दिँदै लक्ष्मी सइनराज 

लक्ष्मी सइनराज बैंकले पनि सस्तो ब्याजदरमा फाइनान्सिङ सुविधा दिने भएको छ। विशेषगरि बैङ्कले विद्युतीय सवारी खरिदमा नै त्यस्तो सुविधा प्रदान गर्ने भएको हो। बैङ्कबाट विद्युतीय सवारी खरिदका लागि ऋण लिँदा आधार दरमा १ प्रतिशत प्रिमियम जोडिनेछ। 

दुवै प्रकारका सवारी खरिदमा भने पाँच वर्ष अवधिका लागि १२.५ प्रतिशत ब्याजमा अर्थात् फिक्स्ड रेटमा फाइनान्सिङ सुविधा दिन सकिने बैंकले जनाएको छ।

सानिमा बैंकले स्थिर ब्याजदरमा ऋण दिने 

सानिमा बैंकले पनि नाडा अटो लक्षित स्थिर ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने योजना अघि सारेको छ। बैंकले विद्युतीय तथा डिजेल पेट्रोलबाट चल्ने गाडीमा स्थिर ब्याज लागू  हुने जनाएको छ। दुवै प्रकारका सवारी खरिदमा ७ वर्षका लागि १०.९९ प्रतिशत ब्याजदरमा स्थिर ब्याजमा कर्जा सुविधा प्रदान गरिने बैंकले जनाएको छ।

हिमालयन बैंकले ११.९९ प्रतिशतमा फाइनान्सिङ सुविधा दिने 

हिमालयन बैंकले पनि ११.९९ प्रतिशत  ब्याजमै फाइनान्सिङ सुविधा दिने भएको छ। बैंकले विद्युतीय र डिजेल पेट्रोलबाट चल्ने गाडी खरिदमा सो बराबरको ब्याजदरमा उक्त सुविधा दिने भएको  हो। तर, यो सुविधा आगामी नोभेम्बर १३ सम्म लागू हुनेछ। कर्जाको अवधि भने ८ वर्ष सम्मको हुने बैंकको भनाई छ। 

महालक्ष्मी विकास बैंकले ३ वर्षका लागि अटो कर्जा

महालक्ष्मी विकास बैंकले पनि तीन वर्ष अवधिका लागि अटो कर्जा सुविधा दिने भएको छ। बैंकले विद्युतीय सवारी तथा डिजेल पेट्रोलबाट चल्ने गाडी खरिदमा कर्जा लगानी गर्ने भएको हो। बैंकले १२.९९ प्रतिशत ब्याजदरमा अटो कर्जा सुविधा दिने भएको छ। 

कामना सेवा विकासले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा

कामना सेवा  विकास बैंकले पनि विद्युतीय सवारीमै केन्द्रित कर्जा योजना अघि सारेको छ। बैंकले विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने भएको हो। यसमा वार्षिक ब्याजदर भने ११.९५ प्रतिशत निर्धारण गरेको छ। 

Logo