महिला सशक्तीकरण र दिगो कृषि प्रवर्धनका लागि द कोकाकोला फाउन्डेसन र माइती नेपालबीच सहकार्य

महिला सशक्तीकरण र दिगो कृषि प्रवर्धनका लागि द कोकाकोला फाउन्डेसन र माइती नेपालबीच सहकार्य

केन्द्रबिन्दु
0
Shares

एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटन मार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोका–कोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य थालनी गरेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मकवानपुर गढीमा उक्त कार्यक्रमको शिलान्यास गरेका हुन् । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले यस सुरुवातले ग्रामीण विकासलाई प्रवर्द्धन गर्न, दिगो कृषि विधिलाई बढावा दिन र समुदायलाई आर्थिक स्थायित्वमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।

कम्पनीका अनुसार यस परियोजना अन्तर्गत बाँचेका, ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकाहरूलाई तालिम दिने गरी तालिम केन्द्र स्थापना गरिनेछ। परियोजनाको लक्ष्य, ३० जना व्यक्तिहरुका लागि दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरूलाई कृषि क्षेत्रमा सफलताको लागि आवश्यक सीपहरू प्रदान गर्ने रहेको छ।

तालिमपश्चात् यस संस्थाले सहभागीहरुलाई स्टार्ट–अप गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र बैंकिङ संस्थाहरूसँग लिङ्क गर्नेछ। दोस्रो वर्षमा भने फाउन्डेसनले रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै सहभागीहरूलाई उनीहरुले नयाँ सिकेको ज्ञान कार्यान्वयन गर्न कृषि–पर्यटनका नमूना इकाईहरू स्थापना गर्ने योजना पनि बनाएको छ।

साथै आफ्नो गाउँमै करियर बनाउन चाहनेलाई संस्थाले स्थानीय निकायसँग समन्वय गरी बैंकबाट कृषि ऋण लगायत आर्थिक सहयोग पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ।

महिला सशक्तीकरण र दिगो कृषि प्रवर्धनका लागि द कोका–कोला फाउन्डेसन र माइती नेपालको सहकार्य

द कोका–कोला फाउन्डेसनकी अध्यक्ष सादिया माड्सब्जर्गले भनिन्, ‘महिला सशक्तिकरण र दिगो कृषि प्रवर्द्धन सँगसँगै जान्छ भन्नेमा हामी विश्वस्त छौँ। माइती नेपालसँगको यस साझेदारीमार्फत हामीले बचेका र जोखिममा रहेका व्यक्तिहरूलाई जीवनमा सफल हुनका लागि आवश्यक उपकरण र अवसरहरू प्रदान गर्दै वास्तविक र दिगो परिवर्तन ल्याउने लक्ष्य राखेका छौं।’

माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले यस परियोजनाप्रति आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर हामीले महिलालाई आर्थिक रूपमा सशक्तिकरण गर्न मात्र नभइ हामी भविष्यमा दोहोर्याएर प्रतिकृति र विकास गर्न सकिने मोडलको निर्माणको प्रयासमा पनि छौं। हामी कोका–कोला फाउन्डेसनकोे सहयोग प्रति कृतज्ञ छौं र हाम्रो समुदायमा पनि अर्थपूर्ण प्रभाव पार्ने आशामा छौं।’

द कोका–कोला फाउन्डेसनले नेपालको लागि फोहोर व्यवस्थापन, पानी भण्डारण, वातावरण संरक्षणदेखि समुदायको सशक्तिकरणसम्मका विविध परियोजनाहरूमा सहकार्य गर्दै निरन्तर सहयोग जारी राखेको छ। यस्ता पहलहरूले नेपालीको जीवनमा परिवर्तन ल्याउँदै यहाँको परिदृश्यमा स्थायी छाप छोड्न सफल भएको छ।

द कोका–कोला फाउन्डेसनले नेपालको दिगो भविष्य निर्माण गर्न स्थानीय संस्थाहरूसँग साझेदारी निरन्तर गर्दै आएको कम्पनीले जनाएको छ।

Logo