सानिमा बैंकको १४.७० प्रतिशत लाभांश घोषणा

सानिमा बैंकको १४.७० प्रतिशत लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सानिमाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ। बैंकले हाल कायम १२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरेको हो।

Skip This
Skip This
Logo