एनआईसी एशिया बैंकले घोषणा गर्यो ३०.५२ प्रतिशत लाभांश

एनआईसी एशिया बैंकले घोषणा गर्यो ३०.५२ प्रतिशत लाभांश

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंकले शेयरधनीहरुलाई ३०.५२६३  प्रतिशत लाभांश दिने घोषणा गरेको छ। 

बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हाे। 

बैंकको हाल कायम चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ रुपियाँ छ। सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन्।  

राष्ट्र बैंकले तोकेको प्राथमिक पूँजीकोष पुर्याउन नसक्दा आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश बाँड्न नपाएको बैंकले ३ वर्षपछि लाभांश बाँड्ने भएको हो ।

Logo