धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

केन्द्रबिन्दु
0
Shares

नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । 

धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले यहि भाद्र महिनाबाट सन्चालनमा ल्याएको हो ।

यसका साथै, आइएमई पेको "किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने" अफर मार्फत आइएमई पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड “WATER” प्रयोग गरि रु. १०० सम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाले धरानवासीलाई लामो लाम बस्न पर्ने झन्झट बाट मुक्त गराई उपमहानगर लाई डिजिटलाइजेसनमा जान सहायता पुर्याउने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जनाएका छन् ।

आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

Skip This
Skip This
Logo