नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसान गाडीको नयाँ संस्करणहरू नाडा अटो सो २०२३ मा प्रदर्शन गरेको छ।
कम्पनीले जिरो इमिसन सेकेन्ड जेनेरेसन निसान लिफ ईभी, नाभारा प्रो फोर एक्सको लाइफस्टाइल इडिसन र म्याग्नाइटको नयाँ एएमटी भेरियन्ट सार्वजनिक गरेको हो।
४० किलोवाट आवरको लिथियम–आयन ब्याट्री भएको निसान लिभ इभीले पूर्ण चार्जमा ३११ किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।
१४० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा गुड्नसक्ने यस गाडीमा शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गतिमा जान जम्मा ७.९ सेकेन्ड लाग्छ।
चार्ज गर्न सजिलो र सुविधाजनक हुनेगरी निसान लिफमा धेरै चार्जिङ विकल्पहरू प्रदान गरिएको छ। निसान लिफसँगै आउने युनिभर्सल चार्जिङ केबलको साथ घरको वाल–आउटलेट मार्फत १५ देखि १८ घण्टामा फुल चार्ज गर्न सकिन्छ भने क्विक–चार्जिङ स्टेसनहरूमा जाने हो भने एक घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीको भनाइ छ।
कम्पनीले यसमा ई–पेडल सुविधा उपलब्ध गराएको छ। यसले चालकहरूलाई एक्सेलेटरमा लगाईएको दबाब बढाएर वा घटाएर केवल एउटा पेडल प्रयोग गरी गाडी स्टार्ट गर्न, गति बढाउन, घटाउन र रोक्न सहज बनाउँदछ। यो गाडीमा इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट अराउन्ड भ्यू मनिटर, हाई बीम असिस्ट र हिल स्टार्ट असिस्ट समावेश छन्।





























प्रतिक्रिया