विुद्यतीय सवारीप्रति उपभोक्ताको बढ्दो मोहलाई सम्बोधन गर्दैँ यस वर्षको नाडाअटो शो २०२३ मा पेट्रोलियमको तुलनामा विद्युतीय सवारीको प्रर्दशन बढी छ।
यसैबीच नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्सइंकले बजारमा नयाँ विद्युतीयगाडी फ्युचरिस्टिक बिवाइडी डल्फिन’ भित्र्याएको छ ।
कम्पनीले बिवाइडीको यो फ्युचरिस्टिक डल्फिनको सुरुवाती मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकेको छ। बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएकाले, यसले ७ किलोवाटको चार्जर समर्थन गर्छ।
गाडीलाई एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म गुडन सक्छ। यो गाडी पूणर् रूपमा विद्युतीय हो। विभिन्न विशेषतासँगै सुरक्षाको दृष्टिलेपनि निकै उत्कृष्ट रहेको कम्पनीको दावी छ।
यो ह्याचब्यागमा २ हजार ७०० एमएमह्विलबेस प्रदान गरिएको छ। यसमा निकै आरामदायी र फराकिलो क्याबिन स्पेस पाउन सकिन्छ। यसबाहेक गाडीमा उच्च डिजाइन र प्रविधि सहितको एकीकृत ८-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणाली पाउन सकिन्छ। बिवाइडीको विद्युतीय नयाँ फ्युचरिस्टिक डल्फिनमा चालक र यात्रु सुरक्षाको लागि ६ वटा एयरब्याग दिइएको छ।
कम्पनीका अनुसार बिवाइडी डल्फिनको वितरण नाडाअटो सो २०२३ पछि सुरु हुनेछ। हालबिवाइडीको फ्युचरिस्टिक बिवाइडी डल्फिन स्यान्डह्वाइट (सेतो), माल्दिभपर्पल (बैजनी), कोरल पिंक (गुलाबी) र अर्बन ग्रे गरी चार विभिन्न रङमा उपलब्ध हुनेछ।





























प्रतिक्रिया