नमस्ते पे ले आउँदो चाडपर्वलाई लक्षित गरी नयाँ प्रयोगकर्ताका लागि अभियान सुरु गरेको छ। अभियानअन्तर्गत नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने प्रयोगकर्ताले ५० रुपैयाँ प्राप्त गर्नेछन्। यो अभियान २०८० असोज १ देखि असोज १५ सम्म लागू हुने कम्पनीले जनाएको छ ।
नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने प्रयोगकर्ताले तुरुन्तै वालेटमा ५० रुपैयाँ प्राप्त गर्नेछन् । प्रयोगकर्ताले कुनै पनि लेनदेनमा ५० रुपैयाँको पुरस्कृत रकम प्रयोग गर्न सक्छन् ।
प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर केवाईसी प्रमाणित गर्नुपर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्डमध्ये कुनै एक हुनुपर्ने जनाइएको छ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवाप्रदायक हो। आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य छ।





























प्रतिक्रिया