1
0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकको कोरोना सचेतना कार्यक्रम

1
1
1

काठमाडौं ।

सांग्रिला डेभलपमेन्ट बैंकको गल्छी शाखाले जनजागरण मा.वि.गल्छी ४ धादिङ्गको प्राङ्गणमा अध्ययनरत बिद्यार्थी र बिद्यालयका अभिभावकहरुलाई कोरोना फाइरस सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहजीकरण गरेका सांग्रिला डेभलपमेन्ट बैंक शाखाका प्रमुख गौरब काफ्लेले कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्दै जसका लागि सरसफाईमा विशेष ध्यान दिने, मास्क लगाउने, हातलाई साबुन पानीले धुने, हात नमिलाउने, भिडभाडमा नजाने, नियमीत शारिरीक ब्याम गर्ने, मद्यपान मांसाहारीको प्रयोग नगरि भिटामीन सी पाउने अमला, कागती खाने, प्रत्येक आधा घन्टाको अन्तरमा पानी पिउने, बिहान बेलुका घीउको सेवन गर्ने, रुघाखोकी ज्यरो आएमा मनोबल नघटाई तुरुन्त नजिकैको स्वास्थ्य चौकामा जानुपर्ने बताए ।

स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमालले कोरेना भाइरसको सङक्रमणबाट बच्ने उपायहरु बताउँदै घरमा आफ्नो परिवार छरछिमेकीलाई समेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सन्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरिन् । उनले सामाजिक सन्जालमा त्रास फैलाउने काम नगर्न समेत अनुरोध गरिन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गल्छी गा.पा.वडा न.४ का बडाध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका राजु अधिकारीले सांग्रिला डेभलपमेन्ट बैंकले विश्वब्यापी रुपमा फैलिरहेको यो कोरेना भाइरसबाट बच्ने उपायहरुको बारेमा सचेतना कार्यक्रम राखेकोमा धन्यवाद दिंदै उनले अझै ग्रामिण समुदायमा समेत गएर यस खालको सचेतना कार्यक्रम गर्न अनुरोध गरे ।

प्रकाशित: २६ फागुन २०७६ ०९:२२ सोमबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी