सिटिजन्स बैंकले लगानीकर्तालाई दसैंअघि नै नगद लाभांश वितरण गर्ने

सिटिजन्स बैंकले लगानीकर्तालाई दसैंअघि नै नगद लाभांश वितरण गर्ने

केन्द्रबिन्दु
0
Shares

सिटिजन्स बैंकले नेपालीहरुको महान चाड दसैंअघि नै नगद लाभांश वितरण गर्ने तयारी गरेको छ । बैंकले असोज २६ गते आफ्नो १७औं वार्षिक साधारण सभामा नगद लाभांश दिने निर्णय पारित गर्न लागेको हो । 

बैंकले आफ्ना लगानीकर्ताहरुलाई करसहित ५.७९ प्रतिशत नगद लाभांश दिने तयारी गरेकाे छ । सो लाभांश बापत बैंकले ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ रुपैयाँ(करसहित) वितरण गर्नेछ ।

बैंकले असोज १५ गतेका लागि बुक क्लोजको मिति तोकेको छ । अर्थात असोज १५ गते अघिसम्म कायम सेयरधनीले नगद लाभांश पाउनेछन् ।

Skip This
Skip This
Logo