नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)को अध्यक्षमा कृष्ण शर्मा निर्विरोध चयन भएका छन्।
हालै पोखरामा सम्पन्न नामियाको आठौं साधारणसभाबाट नामियाको अध्यक्षमा शर्मा निर्विरोध चयन भएका हुन् । त्यसैगरी, महासचिवमा अर्जुन लुइँटेल, सचिवमा गौरब श्रेष्ठ र कोषाध्यक्षमा श्रीकृष्ण अधिकारी पनि निर्विरोध चुनिएका छन्।
सहमति नजुटेपछि भएकाे निर्वाचनमा भने उपाध्यक्षमा सुनिता नेम्हाफुकी १४६ मतसहित निर्वाचित भएकी छन् । उपाध्यक्षमा उनले सविन्द्र निर्वास त्रिपाठीलाई पराजित गरेकी हुन् । साथै सदस्यहरुमा राजेन्द्र जङ रायमाझी (१६०), गौतम महर्जन (१५३), सन्तोष कुमार श्रेष्ठ (१६२), रोशन प्रसद ढकाल (१५८), सकल थापा (१५४), पुस्कल गिरि (१४२) र हरि खरेल (१५१) निर्वाचित भएका छन् ।





























प्रतिक्रिया