गरिमा विकास बैंकका ग्रहकहरूले आफ्ना ग्राहकलाई विदेशबाट पनि मोबाइल बैंकिङ सुचारु गर्न मिल्ने व्यवस्था गरेको छ । हाल रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलामा विदेशमा रहेका बैंकका ग्राहकले यो सेवा लिन सक्ने बैंकले बताएको छ ।
नेपालस्थित आफ्नो बैंक खाताको कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिति रहेको अवस्थामा बैंकले आफ्ना विदेशमा रहेका ग्राहकहरूको पहुँच हुने गरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको हो ।
अब विदेशमा बसेर बैंकमार्फत मोबाईल बैकिङ सेवा लिन चाहने ग्राहकहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि यो सेवा लिन सक्नेछन् । साथै, यो सुविधा लिने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्नेछन् ।
साथै, बैंकले कहिले पनि फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटिपि आदि) माग्दैन तसर्थ फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ् विवरण अरुलाई नबाडि दिन बैंकले अनुरोध गरेको छ ।





























प्रतिक्रिया