अरुण काबेलीको २० लाख १४ हजार कित्ता सेयर लिलामीमा आउने

अरुण काबेलीको २० लाख १४ हजार कित्ता सेयर लिलामीमा आउने

केन्द्रबिन्दु
0
Shares

अरुण काबेली पावर कम्पनीले बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयर शुक्रबार बाँडफाँट हुने भएको छ।

यस कम्पनीले १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ६५ लाख ३७ हजार २८८ कित्ताका लागि मात्र आवेदन परेको हाे।  यसआधारमा २० लाख १४ हजार ८१७ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ।

बिक्री नभएको बाँकी सेयर अरुण काबेलीले अब लिलामीमा ल्याउनेछ। यस कम्पनीले भदौ ११ देखि ३१ गतेसम्म १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो।

Skip This
Skip This
Logo