उत्पादित वस्तुको बजारीकरणमा व्यापार मेलाकाे भूमिका महत्वपूर्ण छः अध्यक्ष ढकाल

उत्पादित वस्तुको बजारीकरणमा व्यापार मेलाकाे भूमिका महत्वपूर्ण छः अध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय व्यापार मेलाले उत्पादित वस्तुहरुको बजारीकरण गर्न ठूलो भूमिका निर्वाह गर्ने बताएका छन् । 

नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ को सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले उत्पादित वस्तुहरुको बजारीकरण गर्नको लागि वर्षेनी मेला आयोजना गर्दै आएको जानकारी दिदैँ ५० प्रतिशतभन्दा बढि बुकिङ भइसकेको बताए । 

उनले भने, ‘हामीले करिब ३ सय जति स्टलहरु बुकिङ् हुन्छ भन्ने सोच राखेका छौं । त्यसमध्ये चाईनाबाट ७० वटा, इन्डियाबाट ८० वटा, बङ्गला देशबाट ४० वटा र एनवाईएफको तर्फबाट ३० वटा गरेर करिब आधाभन्दा बढि नै बुकिङ् भईसकेको छ । ५० प्रतिशत जति बुकिङ भइसकेको छ ।’

उक्त मेला मंसिर १४ गतेदेखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने तय भएको छ ।

Logo