आईएमएस ग्रुपको सहकार्यमा किड्स एक्सपो २०२३ सम्पन्न

आईएमएस ग्रुपको सहकार्यमा किड्स एक्सपो २०२३ सम्पन्न

केन्द्रबिन्दु
0
Shares

आईएमएस ग्रुपको सहकार्यमा आयोजना भएको किड्स एक्स्पो २०२३ सम्पन्न भएको छ । एक्स्पोमा तीन हजार भन्दाबढी अवलोकनकर्ता सहभागी भएको आयोजकले बताएको छ ।

एक्सपोमा सहभागीहरूका लागि रमाइला खेल, स्वादिष्ट खाना र बच्चाका लागि दसैंको किनमेल गर्ने अवसर एवं ४० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय बेबी ब्रान्डको सक्रिय सहभागिता रहेको थियाे । 

दसैंको थिममा आधारित यस वर्षको एक्सपोले गुणस्तरीय उत्पादन र नवीनतम शैक्षिक उपकरणका साथ बच्चा र अभिभावकका लागि एक प्रमुख गन्तव्य बनेको आयोजकको भनाइ छ । 'किड्स एक्स्पो २०२३को अतुलनीय सफलता हाम्रा आगन्तुकहरू, प्रायोजकहरू र प्रदर्शकहरूको अटुट समर्थनको परिणाम हो। यस कार्यक्रमलाई उल्लेखनीय उपलब्धि बनाउन सहयोग गर्ने सबैलाई हामी हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौं,' एक्स्पोका आयोजक समितिले भन्याे । 

Logo