उड्ययन र रेल उद्योग स्तरोन्नती गर्दै ह्वावेको डिजिटल र इन्टेलिजेन्स फाउन्डेशन

उड्ययन र रेल उद्योग स्तरोन्नती गर्दै ह्वावेको डिजिटल र इन्टेलिजेन्स फाउन्डेशन

केन्द्रबिन्दु
0
Shares

ह्वावे कनेक्ट २०२३सँगै ह्वावेको एभियसन र रेल बियूले तीनवटा विश्वव्यापी शिखर सम्मेलनहरू आयोजना सम्पन्न गरको छ । ह्वावेले उद्योगका ग्राहक, नेतृत्वकर्ता, प्राविधिक विशेषज्ञ र साझेदारहरूसँग उद्योगको इन्टेलिजेन्स क्षमता बढाउनका लागि आफ्ना उत्कृष्ट अभ्यासहरू छलफल गरेको थियो ।

अपग्रेड गरिएको डिजिटल र इन्टेलिजेन्ट फाउन्डेसन प्रयोग गरेर ह्वावेले विभिन्न प्रकारका उद्योग परिदृश्यहरूमा बहु–आयामी सचेतना, सर्वव्यापी जडान र खुला प्लेटफर्महरू मार्फत उड्ययन र रेल क्षेत्रलाई थपविकास गरेको छ । ह्वावेको उद्योग इन्टेलिजेन्स एक व्यवस्थित प्रयास हो । चाइना वेस्ट एयरपोर्ट समूह (सिडब्लुएजी) ले संयुक्त रूपमा व्यापक बौद्धिक रूपान्तरण रणनीति विकास गर्न ह्वावेलाई छनोट पनि गरेको छ ।

सिडब्लुएजीका डेपुटी जनरल म्यानेजर लिनबिनका अनुसार उनको कम्पनीले ह्वावेको उच्चप्रदर्शन कम्प्युटिङ पावर र ओपन इन्टेलिजेन्ट प्लेटफर्महरू साथै उद्योगका लागि उन्नत एल्गोरिदमहरू प्रयोग गरेर सुरक्षा, सञ्चालन, सेवाहरू र अन्य परिदृश्यहरूको लागि ३५ वटा इन्टेलिजेन्स समाधानहरू सिर्जना गरेको छ ।

उपमहाप्रबन्धक लिन बिनले हवाई अड्डा सञ्चालनका लागि, डिजिटल र इन्टेलिजेन्ट ग्राउन्ड ह्यान्डलिङ समाधानहरूले उडानहरू, यात्रुहरू र स्रोतहरूको वास्तविक–समय (रियल टाइम) स्थितिसाथै तत्काल चेतावनी समेत दिने जानकारी दिए । उनले आवश्यकता अनुसार ग्राउन्ड ह्यान्डलरहरू तिनिहरुले पठाउन सक्ने बताए ।

यी समाधानहरूले ग्राउन्ड व्यवस्थापनको क्षमतालाई २० प्रतिशतले बढाउँछ र १७ प्रतिशतले समयको बचतसमेत गराउँछ,’ उनले भने, ‘त्यसैगरी, स्मार्ट एयरपोर्ट सञ्चालन समाधानहरूले उत्कृष्ट उडान योजनाको मोडेल प्रस्तुत गरेको छ । जसले आपूर्ति–मागमिलान र एआई–सहायता अपरेशन कमाण्ड प्राप्त गरेको छ ।’

विकसित प्रविधिहरूले उद्यम डिजिटल रूपान्तरण र स्तरवृद्धि गर्न चुनौती र अवसर दुवै ल्याएका छन् । ह्वावेका उपाध्यक्ष र ह्वावेको एभियसन एण्ड रेल बियूका सीईओ लीजुनफेङले ग्लोबल रेलवे शिखर सम्मेलनमा उद्घाटन भाषण दिएका थिए ।

उनले जीएसएम– आर बिस्तारै बजारबाट बाहिर निस्कने क्रममा रहेकोरेलवे उद्योगलाई दक्षता र फाइदाहरू सुनिश्चित गर्न, साथै उच्च–गुणस्तरको विकास कायम राख्न अर्को पुस्ताको मोबाइल सञ्चार प्रणाली आवश्यक रहेको बताए । साथै उनले ह्वावेले रेलवे उद्योगलाई अझ राम्रो सेवादिन कसरी एआईको प्रयोग गर्न सकिन्छ भन्ने बारे कामगरिरहेको र अभ्यासहरू निर्माण गरेको उल्लेख गर्दै यस यात्रामाउल्लेखनीयउपलब्धिहरू हासिल गरेको बताए ।

उनले भने, ‘उदाहरणका लागि, ह्वावेले स्मार्ट रेलवे टिएफडिएस समाधान विकास गर्न हुइटिए टेक्नोलोजीसँग मिलेर ३ बिलियन प्यारामिटरहरू भएको पांगु रेलवे मोडेल प्रयोग गर्छ ।’

यी समाधानहरुले सबै टिएफडिएस परिदृश्यहरू समेट्छ र यसले ६७ सवारी साधनका ४३० प्रकारका त्रुटी पहिचान गरेर त्रुटी पहिचानको दर ९९.३ प्रतिशत पुर्याएको लीजुनफेङको दावी छ । यसले गम्भीर गल्तीहरूको पहिचानका लागि शून्य निरीक्षण सुनिश्चित गर्दछ र परिचालन दक्षतालाई तीन गुणा बढाउँछ । उनले भने– ‘ह्वावेले हाम्रा साझेदारहरूसँग एआइ अन्वेषण गर्न सही परिदृश्यको लागि सही प्रविधि खोज्न र अन्ततःव्यापार सफलतामा योगदान पुर्याउनेछ ।’

ह्वावेको एभियसन एण्ड रेल बियूका सीओओ वांगगुओयू विभिन्न उद्योगहरूको मूल उत्पादन प्रणालीहरूमा इन्टेलिजेन्स प्रविधिहरू प्रस्तुत गर्नाले उत्पादन क्षमता र दक्षतामा गुणात्मक छलाङ ल्याउने दावी गर्छन् । उनका अनुसार ह्वावेले डाटा, कम्प्युटिङ पावर, एल्गोरिथ्म र उद्योग परिनियोजन चुनौतीहरूमा ध्यान केन्द्रित गरेको छ ।

‘यसले उद्योगहरूलाई सेन्सिङ, कनेक्टिभिटी र प्लेटफर्म एप्लिकेसन लेयरहरू अपग्रेड गर्न र स्मार्ट विकासलाई बढावा दिन डिजिटल र इन्टेलिजेन्ट फाउण्डेसनलाई थप सुदृढ गर्न प्रेरित गर्छ,’ उनले भने, ‘सबै परिदृश्य अनुप्रयोगहरूको लागि कम्प्युटिङ पावर उत्पन्न गर्न सक्ने प्रभावकारी डाटा उपलब्ध गराएहामीउद्योगहरूमाबौद्धिक स्तरवृद्धि गर्न सजिलो बनाउँछौं ।’

ह्वावेको एभियसन एण्ड रेल बियूकाउपाध्यक्ष थोमस सुले बौद्धिकी कारण विश्वभरका र उद्योगका सबै खेलाडीहरूको लागि अवसर भएको बताए । उनले भने, ‘ह्वावेको आधारभूत प्रविधिहरूका लागि धन्यवाद, अपग्रेड गरिएको अर्बन रेल क्लाउड ३.० इन्टेलिजेन्ट स्वायत्त र सहयोगी छ, जसले शहरी रेल क्लाउड प्लेटफर्म र स्टेशनहरू बीचको तालमेललाई सफल बनाउँछ ।’

यसमा धेरै प्रकारका डाटा, सुरक्षा र ओ एण्ड एम जस्ता पक्षहरू रहेको उनको भनाई छ । उपध्याक्ष सुका अनुसार, यी समाधानले केन्द्रीकृत रुपमा व्यवस्थापन गर्छ र शहरी रेल उद्योगको लागि गुणस्तर र दक्षता दुवै सुधार गर्दछ ।

ह्वावेले ठूलो डाटा र एआई एल्गोरिदमहरू प्रयोग गरेर वुहान मेट्रोमायात्रु ट्राफिकको छोटो अवधिको भविष्यवाणी तथा वास्तविक–समय (रियल टाइम) निगरानीको लागि मद्दत गरेको उनले बताए । उनका अनुसार यसले व्यक्तिगततथा स्टेसन कर्मचारीहरूलाई यात्रु ट्राफिकको वास्तविक–समय स्थिति र छोटो अवधिको परिवर्तनको अवस्था स्पष्ट गर्नुका साथै ३० मिनेट देखि केहि घण्टासम्मको ठूलो यात्रु ट्राफिकको व्यवस्थापन र निर्देशन समेत तयार गर्दछ ।

यी प्रविधिहरूले यात्रु प्रवाह नियन्त्रण दक्षता सुधार गर्नुका साथै परिचालन सुरक्षा सुनिश्चित गने सुको दावी छ । ह्वावेले हवाई र रेल उद्योगहरूमा ग्राहकहरूलाई सेवा दिन साझेदारहरूलाई एकीकृत गर्न जारी राख्ने उनले जानकारी दिए ।

कम्पनीले इन्टेलिजेन्स स्तरवृद्धिहरू मार्फत उद्योगको विकासलाई बलियो बनाउन, सुरक्षित तथा हरियाली गतिशीलता कायम राख्न, अधिक कुशल यातायात र उच्च–गुणस्तर सेवाहरू सक्षम गर्न प्रतिबद्ध रहेको उनी बताउँछन् ।

Skip This
Skip This
Logo