प्राधिकरण र नलगाड जलविद्युत कम्पनीबीच सम्झौता

प्राधिकरण र नलगाड जलविद्युत कम्पनीबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्राेपावर कम्पनीको बीचमा सम्झौता भएको छ। प्रदेश प्राधिकरण र नलगाड हाइड्राेपावर बीच विद्युत खरिद ,बिक्रीको सम्झौता भएको हो।

नलगाड हाइड्राे पावरले निर्माण गर्न लागेको ७ मेगावाटको ताक्सुगाड जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको लागि सम्झौता भएको हो। ताक्सुगाड जलविद्युत आयोजना नलगाड जलविद्युत आयोजना निर्माणका लागि चाहिने आवश्यक पावरका लागि बनाउन लागिएको हो।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले तासुगाड जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय विद्युत प्रसारण लाइनमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालय र नलगाड हाईड्रोपावर कम्पनीबीच सुर्खेतमा सम्झौता पत्रमा हस्ताक्षर भएको बताए। ताक्सुगाड यसै आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने मन्त्री बस्नेतको भनाई छ। 

Skip This
Skip This
Logo