डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ वर्ष सम्म इन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएसदेखी ३०० एमबिपिएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् । जसमा ग्राहकले ५० एमबिपिएसदेखी २५० एमबिपिएससम्म फाईभ-जी राउटर पाउनेछन भने ३०० एम.बि.पि.एसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने छन् ।
यसअघि एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।
एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कार्तिक ११) सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया