सीजी डिजिटलको २५औँ शोरुम बनेपामा

सीजी डिजिटलको २५औँ शोरुम बनेपामा

केन्द्रबिन्दु
0
Shares

चौधरी ग्रुप अन्तर्गतको नयाँ तथा भब्य मल्टि ब्रान्ड शोरुम सि.जी. डिजिटलको २५औँ शाखा बनेपामा खोलिएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य र सि.जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस.सि.साबुको उपस्थितिमा साेमबार शोरुमको  उद्घाटन भएको हाे । 

सि.जी. डिजिटल शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरू एल.जी., सि.जी., टिसिएल, गोद्रेज, सेन्साई, माईडिया, बेको, ब्ल्याक+डेकर, केन्ट, एलिका र क्रमटन लगायतका विभिन्न घरायसी विद्युतीय सामग्रीहरू जस्तै, एल.इ.डि.टि.भी., वासिङ मेसिन, फ्रिज, माईक्रोवेभ ओभन, भ्याकुम क्लिनर, डिसवासर, एर प्युरिफायर, म्युजिक सिस्टम  लगायत अन्य थुप्रै स्मार्ट डोमेस्टिक अप्लाएंसेस तथा स्मार्ट होम अप्लाएंसेसहरू रहने छन् ।

बनेपाको  स्थानीय बजारमा आफ्ना सामानहरूको प्रदर्शन,  बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकसेवा, विद्युतीय सामग्रीहरूका उपयोग विधि  तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्यसहित यो शोरुम सञ्चालन गरिएको छ । 

दक्ष तथा अनुभवी बिक्री प्रतिनिधिहरूबाट यहाँ भएका विद्युतीय सामग्रीहरूको पूर्ण जानकारी पनि लिन सकिने छ । यो शाेरुम हप्ताको सातै दिन बिहान १०ः०० देखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहने छ । 

बनेपाको बुडोलमा  खोलिएको यस  सि.जी. डिजिटल  शोरुममा ओपनिङ्गको अवसरमा ४० प्रतिशतसम्म  छुट, शून्य प्रतिशत किस्ता बन्दी, फ्री-गिफ्टहरू का साथै एक्सचेन्ज अफर को पनि सुविधा रहेको छ ।

साथ प्रोडक्ट लाइभ डेमो, कुकिङ क्लास र प्रिभेन्टिभ मेन्टिनेन्स सर्भिस( पिएमएस)को पनि  व्यवस्था गरिएको छ ।

चौधरी ग्रुपले काठमाडौँ लगायत काठमाडौँ बाहिर इटहरी, हेटौडा, भरतपुर, विराटनगर  र  पोखरामा पनि सि.जी. डिजिटल  शोरुम सञ्चालन गरिसकेको छ । यो संगै बनेपामा खोलिएको यस सि.जी. डिजिटल शोरुम अब २५औँ शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरू देशका  विभिन्न  शहरमा बिस्तार गरिने पनि जानकारी गरिएको छ ।

Skip This
Skip This
Logo