सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर मूल्यमा मंगलबार पनि नेगेटिभ सर्किट लागेको छ। पहिलो कारोबारको दिन आइतबार र सोमबार पनि सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो।
नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएको दिन आइतबारदेखि नै नेगेटिभ सर्किट लागेको सोनापुर मिनिरल्सको मंगलबार २५५ रुपैयाँ २० पैसामा कायम भएको छ। मंगलबार प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसाबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २५५ रुपैयाँ २० पैसामा कायम भएको हो।
पहिलो दिन आइतबार ३५० रुपैयाँबाट १० प्रतिशत नै घटेर ३१५ रुपैयाँमा झरेको थियो भने दोस्रो दिन सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा झरेको थियो।































प्रतिक्रिया