फोनपेको उल्लेखनीय उपलब्धि, एकै दिनमा १० अर्बभन्दा बढी कारोबारको सेटलमेन्ट

फोनपेको उल्लेखनीय उपलब्धि, एकै दिनमा १० अर्बभन्दा बढी कारोबारको सेटलमेन्ट

केन्द्रबिन्दु
0
Shares

नेपालको भुक्तानी सञ्चालक कम्पनी फोनपेले एकै दिनमा १० अर्ब रूपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले सो उपलब्धि असोज ३० गते प्राप्त गरेको हो।  

सन् २०१९ मा आफ्नो सञ्चालनपछि फोनपे लगातार नविन सेवा, प्रभाव र पूर्वाधारको सन्दर्भमा अगाडि बढिरहेको कम्पनीले जनाएको छ। यसकारण एकै दिन १० अर्ब रूपैयाँभन्दा बढी भुक्तानी कारोबार रातारत नभई लामो समयको मिहेनतपछि भएको बताएको छ। लगभग सबै बैंकिङ तथा वित्तीय संस्थाहरूलाई आफ्नो नेटवर्कमा आबद्ध गराउनु चुनौतिपूर्ण काम जस्तो देखिएता पनि फोनपेले आफ्नो सञ्चालनको पहिलो वर्षमा नै यो उपलब्धि हासिल गरेको थियो। 

नेपालमा पहिलो पटक क्युआर प्रविधि ल्याउने क्रममा फोनपेले पोइन्ट अफ सेल (पिओएस) पूर्वाधारको तुलनामा लागत र परिचालन दुवै पक्षहरूलाई ध्यानमा राख्दै व्यापारी-मैत्री प्रणालीको विकास सुनिश्चित गरेको छ। 

नयाँ सुविधाहरू प्रस्तुत गर्ने सन्दर्भमा मात्रै नभई सो सुविधाहरूलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि फोनपे सक्रिय छ। यति छोटो समयमा अनुपालन र नियामक आवश्यकताहरूको पालना गर्दै यस्तो बजार प्रभुत्व हासिल गर्नुले कम्पनीको वृद्धि मानसिकतालाई झल्काउँछ र प्रयोगकर्ताहरूलाई सरल, सुरक्षित र तत्काल भुक्तानी समाधानहरू प्रदान गर्ने निरन्तर प्रयासलाई पनि देखाउँछ। 

फोनपेले हासिल गरेको नयाँ उपलब्धिप्रति खुशी व्यक्त गर्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले भने, 'यो उपलब्धि हाम्रो लागि ठुलो गर्वको कुरा हो। नेपालमा डिजिटल भुक्तानीलाई सशक्त बनाउने हाम्रो सामूहिक प्रयास फलदायी रहेको अनुभुति भएको छ। हामीले निरन्तर ग्राहकहरुको आवस्यक्तालाई हाम्रो प्रमुख प्राथमिक्तामा राख्दै आएका छौँ जस्को अनुरुप भुक्तानीका समाधानहरुलाई अझै बिस्तार गर्ने लक्ष्य तर्फ हामी अगाडि बढेका छौँ। हाम्रो उपलब्धिहरूको पछाडि स्तम्भ भई हामीलाई साथ दिनु हुने बैँक तथा बित्तिय संस्थाहरु र हाम्रो नियामकहरूलाई धन्यवाद दिन चाहन्छु ।'

एकै दिनमा १० अर्बभन्दा बढी रूपैयाँको कारोबार सेटल गर्ने आफ्नो विशाल क्षमताको माध्यमबाट कम्पनीले नेपालको डिजिटल भुक्तानी रूपान्तरणमा ठूलो प्रभाव पारेको छ।

Skip This
Skip This
Logo