न्युरोडमा सञ्चालनमा आयो नेपाली जुत्ताघर, यी ८ ब्राण्डमा ५० प्रतिशतसम्म छुट

न्युरोडमा सञ्चालनमा आयो नेपाली जुत्ताघर, यी ८ ब्राण्डमा ५० प्रतिशतसम्म छुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको न्युरोडस्थित न्युरोड मलमा नेपाली जुत्ताघर सञ्चालन आएको छ । नेपाल जुत्ता उद्योगी समूहले बुधबारबाट न्यूरोडमा नेपाली जुत्ताघर सञ्चालन गरेका हुन् ।

उद्योगीहरुका अनुसार उक्त जुत्ताघरमा नेपाली ब्राण्डका जुत्ताहरु वि.एफ डियर हिल र वि.एफ स्पोट, क्रस रोड, –रोयल शुज, फस्टवाक शुज, डि.जे. शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ ब्राण्डका जुत्ताहरु उपलब्ध  छन् । जुत्ता किन्दा ५० प्रतिशतसम्म छुट पाइने व्यवस्था पनि रहेको छ ।  

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समूहद्धारा सामुहिक शोरुम अवधारणाअन्तर्गत खोलिएको यस न्युरोड नेपाली जुत्ताघर चौथो शोरुम हो । 

यसअघि पोखरा, बुटबल र जनकपुरमा तिनवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ । साथै आगामी दिनमा देशभरका बिभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गराइएकाे छ ।  

जुत्ताघरको उद्घाटनमा सांसद सावा लिम्बु र काठमाडौँ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिती रहेको थियो । 

कार्यक्रममा अध्यक्ष श्रेष्ठले हाल व्यवसायमा ठूलो समस्या रहेको, तर देशका नेता र अर्थशास्त्रीहरुले उक्त कुरा स्वीकार्न तयार नरहेको टिप्प्णी गरे ।  “व्यवसायमा ठूलो समस्या छ तर, देशका नेता र अर्थशास्त्रीहरुले देशमा समस्या छ भनेर स्वीकार्न तयार छैनन्,” उनले भने, “तर नेपालको उत्पादन बाहिर जादा सरकारले कुनैपनि चासो देखाएको छैन ।”

Logo